इटहरी–बलात्कारको आराोपमापक्राउ परेका उर्फ कृष्णबहादुर गिरीसिद्धबाबा भनिनेलाई जिल्ला अदालत सुनसरीले अन्तिम ३ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ। अदालतलेसम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनेको छ।
प्रहरीले यसअघिनै थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुनः म्याद थप गरिएको थियो। गिरीलाई नं इजलासका न्यायाधीश सिमानन्द भुसालले थप अनुसन्धानको लागि म्याद थप गरेका हुन्।
गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो। म्याद थप गरेलगतै उनलाई फेरि बिराटनगर फर्काइएको छ। आफ्नै अनुयायीमाथि यौनदुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई पक्राउ गरेको हो।
पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा भने बसेका छैनन्।