काठमाडौं– बुटवलबाट पोखरातर्फ आउदै गरेको हाइस गाडीमा जाँच गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।
प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो।
पटकपटक लागुऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ।रासस