भक्तपुर– भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु गरेको छ। प्रतियोगिताको आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्दै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।
उनले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्री र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी मेडल जित्न सफल खेलाडीको सम्मान गर्ने जानकारी दिए।
कार्यक्रममा युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा भक्तपुर नगरका १० वटा विद्यालयका १२३ विद्यार्थीको सहभागिता रहेको जानकारी दिए। रासस