एजेन्सी– मलेशियन प्रधानमन्त्री महाथिर मोहम्मदले नागरिकता संशोधन ऐनमाथि दिएकाे प्रतिक्रियालाई गलत भएको भन्दै भारतले अस्वीकार गरेको छ। भारतीय सञ्चारमाध्यमले मलेसियाका प्रधानमन्त्रीले भारतको आन्तरिक विषयको बारेमा टिप्पणी गरेकाे जनाएका छन्।
शुक्रबार मलेसियन प्रधानमन्त्रीले २०१९ को कुआलालम्पुर सम्मेलनको अवसरमा भारतको नयाँ नागरिकता कानूनको आलोचना गरेका हुन्। ‘भारतले धर्म निरपेक्ष राज्य भएको दाबी गर्दै केही मुस्लिमलाई आफ्नो नागरिकताबाट वञ्चित गरेको विषयलाई लिएर मलाई एकदम दुःख लागेको छ। भारतले मुस्लिमहरुप्रती अन्याय गरेको छ र मलेसियालाई भारतको भित्री मामिलामा नपर्न भनेको छ। ’ उनले भनेका छन्।
मलेसियाका प्रधानमन्त्रीको भनाई पुर्ण रुपले गतल रहेको भारतले पुष्टि गरेको छ। भारतकाे विदेश मन्त्रालयले मलेसियालाई वास्तविक कुरा थाहा नभई आफुहरुको आन्तरिक मामिलामा हक्तक्षेप नगर्न आग्रह गरेको छ।