एजेन्सी– बैंकबाट १५ लाख ऋण लिएर प्याज खेती गरेका भारतका एक किसान छोटो समयमै करोडपति बनेका छन्। भारत कर्नाटक चित्रदुर्ग जिल्लाको डोड्डासिद्वावनहल्लीका किसान मल्किार्जुन कराेडपति बनेका हुन्।
उनीसँग १० एकडमात्रै जमिन थियाे त्यसकारण उनले ऋण लिएकाे पैसाबाट १० एकड जमिन भाडामा लिएका थिए। त्यसपिछ २० एकड जमिनमा उनले प्याजकाे खेती शुरू गरेका थिए। उनकाे प्याज उत्पादन भएसँगै उनकाे भाग्य पनि चम्कियाे। एकाएक प्याउकाे भाउ अकाशियाे र उनले उत्पादन गरेका प्याज महँगाे मूल्यमा बिक्रि भयाे।
भारतीय सञ्चार माध्यमकाअनुसार उनी प्याजकाे बिक्रिबाटै कराेपति बने। छाेटाे समयमै प्याज खेतीबाट कराेडपति बनेका उनी आसपासको क्षेत्रमा अहिले रोलमोडेल नै बनेका छन्। टाढाटाढाबाट मानिसहरु उनलाई भेट्न आउँछन्। आसपासका मानिहरुले खेतीकिसानी छोड्दै गएका थिए।
भूमिगत पानीमा कमी आएदेखि मानिसहरु खेतीपातीमा लाग्न छोडेका थिए। उनी सन २००४ देखि नै प्याज खेती गर्दै आएका थिए। तर केइ वर्षौदेखि नोक्सान ब्यहोर्दै आएका थिए। तर पनि उनले प्याज खेती गर्न छोडेनन्। धैर्य गरे। भनिन्छ नि प्रतिक्षको फल मिठो हुन्छ। नभन्दै यही प्याज खेतीले उनलाई चर्चितसँगै करोडपति बनायो। प्याज खेतीले नै उनको भाग्य बदलियो।