एजेन्सी– अमेरिकी विजनेस म्यागेजिन फोर्ब्सले विश्वका १ सय जना शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ। जसको १ नम्बरमा जर्मन चान्सलर एञ्जिला मर्केल परेकी छन्।
दोस्रो नम्बरमा युरोपियन सेन्ट्रल बैंकका प्रमुख क्रिश्चियन लेगार्डे परेकी छन् भने तेस्रो नम्बरमा अमेरिकी सभामुख नान्सी पेलोसी छन्। चौथो नम्बरमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियेन परेकी छन् भने पाँचौं नम्बरमा अमेरिकाकी मेरी बार्रा परेकी छन्।
बार्राले विद्युतीय भेइकल, सेल्फ ड्राइभिङ कार लगायतमा अर्बौं लगानी गरेकी छन्। यसैगरी दक्षिण एसियाबाट बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद २९ औं नम्बरमा परेकी छन् भने भारतकी अर्थमन्त्री निर्मला सिथारमण ३४ औं नम्बरमा परेकी छन्। फर्बिजको अन्तिम तथा १ सय नम्बरको सूचीमा स्विडेनकी वातावरणसम्बन्धी अभियन्ता ग्रेटा थनबर्ग समेत परेकी छन्।बीबीसी