एजेन्सी–ताइवानकी २८ वर्षीया युवती आँखामा समस्या आएपछि जाँच गराउन अस्पताल पुगेकी मिस हिको आँखाबाट डाक्टरले चारवटा जिवित मौरी फेला पारेका छन्। चीनमा हुने क्विंग मिङ्ग तम्ब स्विपिंग फेस्टिबलका लागि चिहान गएकी मिस हि हावाका कारणले आफ्नो आँखामा धूलो परेको कारणले समस्या आएको अनुमान लागेकी थिइन्।
तर, केही छिनपछि आँखा रातो र सुन्निन थालेपछि उनी हतारिँदै फुयिन युनिभर्सिटी अस्पताल पुगेकी थिइन्। बिबिसीका अनुसार जब अस्पतालका अप्थोमोलोजी डिपार्टमेन्टका प्रमुख डा. हुङ चितिङले उनको आँखा जाँच गर्न थाले, उनको आँखा बन्द हुन नसकेको र माइक्रोस्कोपको सहायताले किराजस्तो केही कालो चलिरहेका स–साना खुट्टा देखेपछि उनले बिस्तारै फोर्सेपले एउटा निकाले। उनले एकपछि अर्को गर्दै आँखाबाट ४ वटा जीवित मौरीहरू निकालेका थिए।
डा. हुङ का अनुसार हावाका कारण यी मौरीहरू उडेर आँखामा छिरेको र आँखामा टाँसिएका थिए। मौरीहरू उनको आँखाको आँशु खाइरहेको डाक्टरले पत्ता लगाए। मानिसहरूलाई आक्रमण नगर्ने यी मौरीहरू पसिना खान मनपराउने हुँदा यिनीहरूको नाम स्वेट बिज रहेको छ।
मिस हिले कन्ट्याक्ट लेन्स लगाएका कारण आफ्नो आँखा मिच्न पाएकी थिइनन्। तर, यदि उनले आफ्नो आँखा मिचेकी भए उनको लेन्स भाँचिएर मौरीहरूले निकालेको विष उनको आँखाभित्र छिर्न सक्ने भएकाले उनी अन्धोसमेत हुन सक्थिन्। अस्पतालका डाक्टरहरूले आँखामा मौरी भेटिएको यो विश्वकै पहिलो घटना भएको बताएका छन्। र, उक्त जीवित मौरीहरूलाई रिसर्चको लागि पठाइएको छ।