एजेन्सी–एक किशोरी जो आफ्नो आक्रोशलाई नियन्त्रणमा राख्न सिकिरहेको छु । अहिले एक साथीका साथ निकै राम्रो पुरानो फिल्म हेरेर मस्ति गरिरहेकी छु।
माथिको ट्विट हो—स्वीडेनकी विश्वचर्चित वातावरण अभियन्ता ग्रेट थनवर्गको उनै ग्रेटाले संयुक्त राष्ट्र संघमा एक भावुक भाषण दिँदै आक्रोशयुक्त शैलीमा एकपटक भनेकी थिइन्,‘‘हाउ डेयर यू रु तपाईंले कसरी हिम्मत गर्नुभयो।
उनी तिनै ग्रेटा हुन् जसलाई यसपालि चर्चित टाइम्स म्यागेजिनले ‘पर्सन अफ द इयर २०१९’ घोषणा गरेको छ।
ग्रेटालाई उडाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेका थिए। यसको शुरुवात अभिनेत्री रोमा डाबेनीले टाइम पत्रिकाको कभर जसमा ग्रेटाको फोटो थियो शेयर गर्दै बधाई दिएकी थिइन्। त्यसपछि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका थिए,‘‘कति हाँस्यास्पद छ। ग्रेटालाई आफ्नो आक्रोश व्यवस्थापनका लागि काम गर्नु जरुरी छ। अनि कुनै साथीका साथ राम्रो फिल्म हेर्नु ठीक हुन्छ। चिल ग्रेटा, चिल।’’
त्यसैको जवाफ ग्रेटाले शुरुमा उल्लेख गरिएको ट्विटमार्फत् ट्रम्पलाई दिएकी हुन्। हुनत यो पहिलो पटक होइन। ग्रेटाले नेताको आलोचनाको जवाफ दिनको लागि आफ्नो ट्विटरमा परिचय बदलेकी छन्। यसभन्दा पहिला उनले ट्विटरमा आफूलाई ‘पिरल्लाह’ बताउने गरेकी थिइन्।
यो पुर्तगाली भाषाको एक शब्द हो। जसको अर्थ हो —बिग्रेको बच्चा। ग्रेटाले यस्तो यसकारणले भनेकी थिइन् किनकि ब्राजीलका राष्ट्रपति जायर बोलसोनारोले उनलाई ‘बिग्रेकी बच्ची’ भनेका थिए। अक्टोबरमा रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले उनलाई ‘दयालु तर कम जानकारी भएकी किशोरी’ भनेका थिए। यसलाई उनले आफ्नो ट्विटर बायो बनाएकी थिइन्।
सेप्टेम्बरमा ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भावुक भाषणको भिडियो ट्विट गर्दै व्यंग्यात्मक रुपमा लेखेका थिए,‘‘एक निकै खुसी किशोरी जो उज्ज्वल र शानदार भविश्य देखिरहेकी छन्। ग्रेटाले केही समयका लागि त्यही शब्दलाई आफ्नो ट्विटर परिचय बनाएकी थिइन्। ग्रेटा टाइम्स पर्सन अफ द इयरको सम्मान पाउने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।
उनले स्पेनको मेड्रिडमा जलवायु परिवर्तन सम्बन्धी २५ औं सम्मेलनमा पनि भाग लिइन्। उनले त्यहाँ बोल्दै विश्वका नेताहरुलाई ठूल्ठूला कुरा मात्रै होइन काम गरेर देखाउन चेतावनी दिएकी थिइन्।
न्यूयोर्क टाइम्सका अनुसार ग्रेटा एस्परजर सिन्ड्रोमको बिरामी छन्। यो एक खालको अटिजम हो। जसले मानिसको कुराकानी गर्ने र अरुसँग सम्पर्क बनउने क्षमतालाई असर गर्दछ। ग्रेटाले एक पटक भनेकी थिइन्,उनले लामो समय सम्म अवसाद, अलगाव र चिन्ता झेलेकी छन्। बीबीसी