काठमाडौं– मंगलबार औपचारिक रुपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)काे समापन भएको छ। सागको १३ औं संस्करणमा ५१ स्वर्ण जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको छ।
उक्त सागमा नेपाललाई पदक दिलाउने खेलाडी तथा पदाधिकारीलाई नगर परिक्रमा गराइने बताइएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानको परिक्रमा गराउने जनाएको छ।
नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो। खेलाडीहरुको नगर परिक्रमाको रुट भने तय भएको छैन।