एजेन्सी–जम्मु र कस्मिरलाई संयुक्त राष्ट्रसंघले ‘नसल्टिएका विवाद’ को सूचीबाट हटाएको छ। राष्ट्रसंघको यस्तो कार्यको पाकिस्तानले विरोध गरेको छ।
करिब सात दशकदेखि जम्मु र कस्मिरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच खिचातानी चलिरहेको छ। यसै वर्ष भारतले यो राज्यलाई टुक्र्याएर केन्द्रशासित भूभागको हैसियत दिएको छ।
‘जम्मु र कस्मिर विवादलाई लामो समयदेखि जारी विवादको सूचीमा उल्लेख गरिएको छैन,’ राष्ट्रसंघका लागि पाकिस्तानी दूत अमजद हुसेन बी सियालले महासभा बैठकमा भने, ‘हामीलाई लाग्छ यो गल्ती असावधानीवश भएको हो। किनभने जम्मु र कस्मिर सुरक्षा परिषदमा सबैभन्दा पुरानो विवादित एजेन्डामध्ये एक हो।’
पाकिस्तानले जम्मु र कस्मिरमा राष्ट्रसंघले हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। भारतले भने यो विषय द्विपक्षीय रुपमा समाधान हुनुपर्ने अडान राख्ने गरेको छ।