एजेन्सी– सात वर्षपछि पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने भएको छ। कम्पनीले आगामी आइफोन मोडलका लागि चार्जिङ केबल र पोर्ट हटाइ पूरै वायरलेस प्रविधि अपनाउने एप्पलका वरिष्ठ विश्लेषकले टीएफ इन्टरनेस्नल सेक्युरिटीसँग बताएका हुन्। उनका अनुसार आइफोनका सबैभन्दा महङ्गा मोडललाई बाँकीबाट छुट्याउनका लागि भएपनि कम्पनीले पूर्ण वायरलेस प्रविधि अपनाउनेछ। एप्पलले यसअघि आइफोन ८ का लागि वायरलेस चार्जिङ डक्स ल्याएको थियो।
एप्पलले आगामी वर्ष आइफोनका पाँचवटा मोडल लन्च गर्ने अनुमान रहेको छ। लिको अनुमान अनुसार कम्पनीले वर्षको बीचतिर ४।७ इन्चको मोडल सार्वजानिक गर्नेछ भने अन्तिम महिनातर्फ फाइभ–जी चल्ने ६।७ इन्चसम्मका मोडल बाहिर ल्याउनेछ। यसअघि जेपी मोर्गन विश्लेषकले एक रिपोर्टमा गरेका अनुमानमा पनि यही जानकारी थियो। एप्पलले भने तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।
लामो समयसम्म एउटै किसिमको डिजाइनमा आधारित रहँदै आएको एप्पलले आगामी दिनहरुमा आफ्नो व्यापारलाई बुस्ट गर्नकै लागि भएपनि उल्लेखनीय परिवर्तन ल्याउने अधिक सम्भावना रहेको छ। किनकी आइफोन एप्पलको आम्दानीको सबैभन्दा ठूलो श्रोत हो। तर केही समय यता एप्पलको नाफामा गिरावट आएको पाइएको छ। त्यस्तै आइफोनका हेडफोन ज्याक पनि २०१६ मा आइफोन सेभेन पश्चात हटाइएको थियो। त्यसैले आइफोनलाई पूर्ण रुपमा वायरलेस बनाउन यसको चार्ज गर्ने युएसबी–सी पोर्ट पनि हटाउनुपर्ने हुन्छ। जसले यसलाई कुनै होल नभएको पलिो स्मार्टफोन बनाउन सक्छ। त्यस्तै आइफोनले पूर्ण वायरलेस नीति अपनाउन हेडफोन पनि वायरलेस बनाउनुपर्ने हुन्छ। सिएनएन