काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० लाख घुससहित दुई इञ्जिनियरलाइ पक्राउ गरेको छ।
सडक डिभिजन कार्यालय प्युठानका दुई जना इन्जिनियर निरोज महर्जन र ध्रुव श्रेष्ठलाई मंगलबार २० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनीहरुको साथबाट १०–१० लाख बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।