काठमाडौं — १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा भुटानले नेपालसँग बराबरी गोल गरेको छ। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका हुन्।
त्रिपुरेश्वर स्थित दशरथ रंगसालामा जारी खेलमा नेपालले खेलको १६ औँ मिनेटमा नेपालका लागी अभिषेक रिजालले पहिलो गोल गरेका थिए। तर, यसअघिको खेलमा प्राप्त जितबाट उच्च मनबोल बनाएको नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको साथ छ।
जारी सागमा यसअघि नेपाल र भुटानबीच भएको खेलमा नेपाल ४–० गोल अन्तरले विजयी भएको थियो। तर, भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सजस्ता सशक्त टिमलाई हराएर फाइनलमा स्थान बनाउन सफल भएको हो।
आजको खेलमा नेपालले भुटानलाई पराजित गरेमा साग पुरुष फुटबलमा चौथो स्वर्ण हात पार्नेछ।