एजेन्सी — चेक रिपब्लिकको उत्तरपूर्वी सहर ओस्त्राभास्थित एउटा अस्पतालमा आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने अरु केही घाइते छन्।
मंगलबारको उक्त घटनासँगै प्रहरीले शंकास्पद व्यक्तिको तस्बिर समेत ट्वीटरमार्फत सार्वजनिक गरेको थियो।
मंगलबार बिहान स्थानीय समय अनुसार ७ बजे ओस्त्राभा फ्याकल्टी अस्पतालमा उक्त घटना भएको गृहमन्त्री जन हमसेकले जनाएका छन्। घटनाबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।