एजेन्सी–एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ। भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै सुनिन्छ। तर, कोलम्बियामा एक नवजात शिशु जन्मिनुअगाडि नै गर्भवति भएको खबर सार्वजनिक भएको छ।
युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यस्तो प्रकारको घटना पाँच लाख जन्मने बच्चामा एकजनामा देखापर्ने गर्छ। डाक्टरहरूले भर्खर जन्मेकी बालिका इत्जमाराकी आमा मोनिका भेगा सात महिनाकी गर्भवती हुँदा उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको पत्ता लगाएका थिए।
अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गर्नु पर्ने अवस्था सिर्जना भएको हो। डाक्टरले गत मार्चमा नै आमाको शरीरभित्र दुईवटा नाल भएको, एउटा नालले आमा र छोरी इत्जमारालाई जोडेको तथा अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको कुरा पत्ता लगाएको थियो।
उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने हुँदा इत्जमाराको अंगमा क्षति पुग्न सक्ने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्नका लागि आमाको तत्काल शल्यक्रिया गरिएको थियो। डाक्टरहरूले धड्कन र मस्तिष्क नभएको भ्रुण निकाल्नका लागि इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरेका थिए भने शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको उनीहरूले बताएका छन्।