काठमाडौं– प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई नियन्त्रणमा लिएकाे छ। पक्राउ पर्नेमा ३७ वर्षीय यामकुमार गिरी रहेका छन्।
झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरिएकाे हाे। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई नियन्त्रणमा लिएकाे हाे।
महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा उनलाई पक्राउ गरिएको हाे। गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ।