एजेन्सी– आइतबार बिहान भारतको नयाँदिल्लीस्थीत रानी झाँसी रोडमा रहेको एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ।
भारतीय मिडियाहरुबको अनुुसार ३२ जनाको लास भेटीएको छ। दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले ५० जनाभन्दा बढीको उद्धार गरिएको जनाएका छन्।
कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेको क्षेत्रमा आइतबार बिहान करिब साढे ५ बजेतिर आगलागि भएको थियो। आगलागीको कारण भने हालसम्म खुलेको छैन। आगोका नजिकका तीन घरसमेत कारण जलेर नष्ट भएको छ।
पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्लीहरु भएकाले उद्धार कार्यमा ढिलाइ भएको छ। उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको जनाइएको छ। आगो नियन्त्रणको लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ।