जनकपुर– जनकपुरमा शनिवार सुरु भएको कुस्तीमा संगीता धामीले ५५ केजी तौल समूहमा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेकी छन्। यो नेपालको कुस्ती खेलको इतिहासमा दक्षिण एशियाली खेलकुदमा जितेको पहिलो स्वर्ण पदक हो।
धामीको जितपछि नेपालको स्वर्ण पदक सङ्ख्या ४३ पुगेको छ। शनिवार बिहान नेपाली धावक किरण सिंहले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा म्याराथनतर्फ स्वर्ण पदक जितेका छन्।
सिंहले ४२ किलोमिटरको म्याराथन दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन्। म्याराथनका रजत र काश्य पदक भारतीय धावकहरूले जिते। रशपाल सिंहले ४० सेकेन्ड पछाडि रहँदै रजत जिते भने शेर सिंह विजेताभन्दा ५० सेकेन्ड पछाडि रहेर काश्यमा सीमित भए।
पदक तालिकाः