काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरूष फुटबलमा नेपाल विजयी भएकाे छ। आफ्नाे तेस्राे खेलमा माल्दिभ्सविरूद्ध मैदान उत्रिएकाे नेपालले २–१ गाेलकाे पुनरागमन जित निकालेकाे हाे।
दशरथ रंगशालामा भएकाे खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो। १८ औं मिनेटमा माल्दिभ्सले इब्राहिम हुसेनकाे गाेलबाट अग्रता बनाएसँगै नेपाल दबाबमा परेकाे थियाे।
खेलकाे ४२ औं मिनेटमा नेपालका अभिषेक रिजालले उत्कृष्ट गाेल गर्दै नेपाललाइ खेलमा फर्काएका थिए। त्यसपछि खेलमा केहि आक्रामक देखिएकाे नेपालले दाेस्राे हाफकाे ५२ औं मिनेटमा अग्रता बनाउन सफल भयाे। सुनिल बलको कर्नरमा अनन्त तामाङको हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन्।
यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ। माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।