रौतहट – शनिबार बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको छ। चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको हाे।
त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। इटाभट्टाका मालिक विनोद प्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो तर जयशवालले चन्दा नदिएपछि सो समूहले धम्की दिँदै आएको थियो।
प्रहरी कार्यालय राजपुरका अनुसार दुई महिनाअघि इटाभट्टाका मालिक जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएकाे छ।