काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र माल्दिभ्स भिडिरहेका छन्। दशरथ रंगशालामा जारी खेलकाे दुबै टिमले एक एक गाेलकाे बराबरी खेलेका छन्।
पहिलो हाफकाे १८ औं मिनेटमा माल्दिभसले शुरूवाती अग्रता बनाएकाे थियाे। उसका लागि इभराहिम हुसेनले गोल गरेका थिए। त्यसपछि खेलमा केहि दबाबमा देखिएकाे नेपालले ४२ औं मिनेटमा बराबरी गाेल फर्कायाे। नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए।