काठमाडौं– १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष क्रिकेटमा बंगलादेशले नेपालालाई ४४ रनले हराएको छ। यो नतिजासँगै बंगलादेश र श्रीलङ्काले स्वर्ण पदकका लागि फाइनल खेल्ने निश्चित भएको छ।
बंगलादेशले दिएकाे १ सय ५६ रनकाे विजयी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्याे। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले धैर्यपूर्वक ब्याटिङ गर्दै ४३ रन बनाए तथा दिपेन्द्र सिंह एरीले १६ र अविनाश बाेहराले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। नजमुल हुसैन शान्तोले ७५ तथा अफिफ हुसैनले ५२ रन बनाए। नेपालकाे बलिङमा चार ओभरमा १५ रन दिँदै तीन विकेट लिए भने दिपेन्द्रले २ तथा अविनाश बाेहराले १ विकेट लिए।