काठमाडौैं– १३ औं दक्षिण एसियाली (साग) अन्तर्गतको पुरुष फुटबलमा शनिबार नेपाल माल्दिभ्स प्रतिसप्रर्धा गर्दैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलका लागि सम्पुर्ण तयारी भैसकेको छ।
नेपाली टिमलाई हौसला प्रदान गर्न यतिबेला रंगशालामा ठूलो संख्यामा दर्शकहरु उपस्थित भएका छन्। नेपाली झण्डासहित दर्शकहरु खेल सुरु हुनुभन्दा पहिलै नै नेपाल–नेपाल नारा घन्काउदै रंगशालामा नेपालको समर्थन गरिरहेका छन्।
नेपाललाई स्वर्ण पदकको आशा जिवितै राख्न माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ। यसअघिको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो भने दोस्राे खेलमा श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।