एजेन्सी– इरानी सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। मध्य नोभेम्बरदेखि सुरु भएको आन्दोलनका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडपमा मृत्यु भएको हो।
इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले प्रदर्शन सुरु भएयता हजार भन्दा धेरैको मृत्यु भएको बताएको छ। साथै हजारौँ घाइते हुनुका साथै सात हजार घाइते भएको उनले बताएका छन्। नोभेम्बर १५ देखि इरानका एक सय भन्दा धेरै सहरमा प्रदर्शन हुँदैआएको छ। इन्धन वृद्धिसँगै उठेको आन्दोलन अहिले देशव्यापी बनेको छ।