सिन्धुली – सिन्धुली जिल्लाका विप्लव इन्चार्ज वर्तमान राई (सशी) कारागार चालान भएका छन्।
जिल्ला अदालत सिन्धुलीले राईलाई पुर्पक्षका लागि कारागार राख्न आदेश दिएको हो। जिल्ला अदालत सिन्धुलीको आदेशअनुसार राईलाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।
असोज २३ गते हरीहरपुरगढी गाउँपलिका २ बखपरस्थित घरबाटै उनी पक्राउ परेका हुन्। उनलाइ चन्दा आतंक तथा सांगठीत अपराधमा मुद्धा चलाइएको थियो।