एजेन्सी–पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी ४ व्यक्तिको मृत्यु भएको छ।
सो विस्फोटका कारण एउटा घर भत्किएपछि ४ जनाको मृत्यु हुनुका साथै अन्य ४ जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ।
यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए। विस्फोट भएको यस घरमा ८ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ।