भोजपुर– चिर्पटले प्रहार गरी भाइले दाजुको हत्या गरेका छन्। भोजपुरको अरुण गाउँपालिका–६ धाउखानीका १८ वर्षीय डिकबहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
दाजुभाइबीच सामान्य घरायसी विवाद हुँदा रिसको आवेगमा भाइले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए। घाईते भएका ४० वर्षीय सुवास राईको घरमै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीचौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।