काठमाडौं— १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत काठमाडौंमा हुने खेलको आइतबार (आज) औपचारीक उद्घाटन भएको छ।
दशरथ रंगशाला त्रिपुरेश्वरमा उद्घाटनका लागि मानिसहरुको निकै घुइँचो लागेको छ।सागको उद्घाटन राष्ट्रपति विद्या देवी भण्डारीले अपराह्र ५ बजे गर्ने भएकी छन्। आजदेखी औपचारीक रुपमा सूरु हुन लागेको साग खेल प्रतियोगिता २४ गतेसम्म चल्नेछ।
दशरथ रंगशाला हाल खेलप्रेमीहरुले भरिएको छ भने खेलाडीहरु खेलमैदानमा सागको उद्घाटनको लागि गोलो घेरा लगाएर तयारी अवस्थामा छन्। यसअघि १९९९मा भएको आठौँ साग नेपालमा आयोजना भएको थियो। २० वर्ष पछि घरेलु मैदानमा भएको यस खेललाई लिएर खेलाडिहरु निकै उत्साहित देखीन्छन्।
साग खेल अन्र्तगत आर्चरी, एथ्लेटिक्स, बास्केटबल, व्याडमिन्टन, भक्सििङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, सिंह बोहरा, जुडो, कबड्डी, कराते, खो–खो, पौडी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु गरी २६ वटा खेल हुने भएको छ।