काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा पुगेको छ। आइतबार भएको पहिलो सेमिफाइनमा श्रीलंकालाई ३–१ को सेटमा हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा भारतले २७–२५ को कठिन जित निकालेको थियो। दोस्रो सेटमा भारतले २५–१९ र तेस्रो सेट भने भारतले २१–२५ ले गुमायो।
त्यसपछि चौथो सेटमा धकेलिएको खेलको चौथो सेटमा भारतले श्रीलंकालाई २५–२१ को सेटले हरायो र फाइनलमा पुग्यो। उपाधिको लागि भारतले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन्।