एजेन्सी– युरोकप २०२० को ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबल महासंघ (युएईएफए) ले शनिबार राति समूह विभाजन र खेल तालिक सार्वजनिक गरेको हो।
उक्त तालिकामा उपाधि दाबेदार मानिएका केहि टिमहरु एउटै समुहमा परेका छन्। साविकको विजेता पोर्चुगल कठिन समूहमा परेको छ। समुह ‘एफ’ मा पोर्चुगसँगै फ्रान्स र जर्मनी छन्। समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ। यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हङ्गेरीमध्ये एक टोली प्लेअफबाट आउनेछ।
यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ। समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ।
समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ। सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म युरोकपका विभिन्न १२ देशमा हुनेछ। युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन्।
