काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष भलिबलमा पाकिस्तान सेमिफाइनलमा पुगेको छ। समुह चरणको खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाकिस्तानले समुह विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध पहिलो सेट २८–३० ले गुमाएको पाकिस्तानले बाँकी सेटमा लगातार जित निकालेको हो। दोस्रो सेटमा २५–१८, तेस्रो सेटमा २५–२० र चौथो सेटमा २५–२१ को जित निकाल्दै पाकिस्तानले खेल आफ्नो पक्षमा पारेको हो।
पाकिस्तानले अब बंगलादेश र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजयी टिमसँग फाइनलमा स्वर्ण पदकका लागि भिड्नेछ। नेपाल भने समूह चरणबाटै बाहिरिसकेको छ।