एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा शनिबार बेलुका रियल मड्रिडले अलाभेससँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार ५ः४५ बजे शुरु हुनेछ।
अलाभेसको घरेलु मैदान हुने खेलमा जित निकाल्न सकेमा रियललाई तालिकोको शीर्षस्थानमा उक्लने अवसर रहेको छ। हाल दोस्रो स्थानमा रहेको रियलको १३ खेलबाट २८ अंक छ। बार्सिलोनाको पनि समान खेलबाट समान अंक भएपनि गोलअन्तरले अघि रहेदैँ शीर्षस्थानमा रहेको हो।
रियलले अवे मैदानमा स्पष्ट जित निकालेमा एक खेल बढी खेल्दै तालिकोको शीर्षस्थानमा पुग्नेछ। शनिबारको खेलका लागि रियलका स्टार खेलाड इडेन हाजार्ड भने उपलब्ध हुने छैनन्। अलाभेस १८ अंकको साथ अंक तालिकाको १३ औं स्थानमा छ।