एजेन्सी– पाकिस्तानविरुद्ध टेष्ट क्रिकेटमा अष्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले तेहेरो शतक प्रहार गरेका छन्। यससँगै वार्नरले डे नाइट क्रिकेटमा सबैभन्दा बढी रन बनाएका छन्।
वार्नर पिंक बल टेष्टमा तेहेरो शतक हान्न विश्वको एकमात्र खेलाडी बनेका छन्। उनले पहिलो दिनको टेष्टमा १ सय ५६ बलमा १२ चौका हान्दै शतक पूरा गरेका थिए। त्यसपछि उनले दोस्रो दिन २ सय ६० बलमा २३ चौकाको मद्धतमा दोस्रो शतक बनाएका थिए। उनको रन जोड्ने क्रम रोकिएन र उनले शनसनीपूर्ण तेहेरो शतक हान्दै किर्तिमान बनाए।
वार्नरले आइसीसी टेष्ट च्याम्पियनसीपमा पनि सबैभन्दा बढी रन बनाउने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाए। दोस्रोदिन नै पाकिस्तानविरुद्ध २ सय ५५ रन बनाउँदै उनले यस्तो किर्तिमान बनाएका हुन्। यसअघि भारतका विराट कोहलीले साउथ अफ्रिकाविरुद्ध २ सय ५४ रन बनाएका थिए।