कास्की– कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ। अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको हो।
केन्द्रमै बम विष्फोट भएपछि मतदान रोकिएको छ। मतदानको क्रममा कसैले माथिबाट बम फालेर विस्फोटगरिएको स्थानीयले जनाएका छन्।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेटको लागि स्थगित भएकको थियो। हाल अवस्था नियन्त्रणमा रहेको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।
जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुसार मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने कुरा अहिले सम्म खुलेको छैन्।
प्रहरीले बम बिष्फोट गराउने व्यक्ति तथा समूहको खोजी जारी रहेको जनाएको छ।