काठमाडौं— जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका(३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।