एजेन्सी– विश्वमा बेलाबेला केहि अनौठा कुराहरु चर्चामा आइरहेका हुन्छन्। सत्य भएपनि केहि पत्याउनै मुश्किल हुने घटनाहरु पनि छन्। अहिले फेरि एक अनौठो प्रसंग चर्चामा छ।
इण्डोनेशियामा एक महिलाले घर विक्रिका लागि आफूलाई नै समर्पित गरेकी छिन्। उनले आफ्नो घर किन्नेले आफूलाई श्रीमतिस्वरुप पाउने घोषणा गर्दै विज्ञापन गरेकी छिन्। यो विज्ञापनले अहिले विश्वलाई नै चकित बनाएको छ। उक्त विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ।
विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युपछि एकल महिलाको रुपमा रहेकी थिइन्। उक्त अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो भएपनि यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ। तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ। त्यसमा घर किन्नेल उपहारस्वरुप मालिक्नी नै श्रीमतिको रुपमा पाउने बताइएको छ।
अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार जाभा द्विपस्थित स्लेम्यानमा रहेको सो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको थियो।