महोत्तरी– नेपाल कम्युनिष्ट पाटीर्का उम्मेदवार बिक्रम चौधरीको घरमा बम बिस्फोट भएको छ। उनी महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका नेकपाका उम्मेदवार हुन्। चौधरीले पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाबाट उम्मेदवारी दिएका थिए।
बिहीबार साँझ बम बिस्फोट भएको स्रोतले बताएको छ। महोत्तरीका प्रहरीले बिस्फोटबाट कुनै क्षति नभएको जानकारी दिएको छ। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको र त्यसबाट कुनै क्षति केही नभएको जानकारी दिएका छन्।
बम कसले र बिस्फोट गराएको भनने एकिन भइसकेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।