काठमाडौं– मंसिर १५ मा १३ औं दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक उद्घाटन हुँदैछ। तर सागअन्तर्गतको खेल भलिबल प्रतियोगिता भने मंसिर ११ गते (आज) देखिनै सुरु हुने भएको छ।
आयोजक समितिको अनुसार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबारदेखि सुरु हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।प्रतियोगी देशका भलीबल टोलीहरु नेपाल आइसकेका छन्। भारत टोलीको भने महिला तथा पुरूष भलिबलमा सहभागि हुने विषय अझै टुंगो लागिसकेको छैन्। बुधबार पहिलो खेलमा नेपाल बंगलादेशसँग खेल्दैछ।
दुई हप्ता अघि मात्रै बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको गोल्ड मेडलको विजेता महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै नेपालमा नै १३ औं सागमा सहभागी जनाउन लागेको हो। महिला भलीबल टोलीलाई सेन्ट्रल जोनको गोल्ड मेडलको उपाधीको पनि नाम राख्नु छ।त्यसैले महिला टिमका कप्तान अरुणा शाहीले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको जनाएकी छिन्।
नेपालली टिमले १३ औं सागको तयारीमा झण्डै ३ हप्ता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्ट्रमा ट्रेनिङ गरेको थियो भने मैत्रीपूर्ण खेल पनि खेलेको थियो। कप्तान अरुणाका अनुसार बंगलादेशमा सेन्ट्रल जोन खेले पश्चात खेलाडीलाई एक्पोजर मिलेको छ।
उनीहरुले थाल्याण्डमा ट्रेनिङ गर्नुका साथै सबै प्रकारको टिमसँग खेल खेले जसको कारण टिममा खेलको स्पिड पनि बढेको अनुभव भइरहेको अरुणाले सुनाइन्। विपक्षीको खेल हेरेर पनि धेरै कुरा सिक्ने अवसर पाएको उनले थपिन्। घरेलु मैदानमा हुने सागअन्तर्गतको खेल भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर गोल्ड मेडल हात पार्ने लक्ष्य रहेको अरुणले बताइन्।