काठमाडौं– पहाडी क्षेत्र तथा हिमालका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो। सुकेपछि यो एकदम चमकिलो देखिने शिलाजीत पत्थर, यो पग्लेर चुहिन थाल्छ। त्यही चुहिएको पदाथलार्ई शिलाजीत भनिन्छ। हेर्दाखेरी यो अलकत्रा जस्तो कालोर गाढा देखिन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ।
जडीबुटीको राजा, यसलाई आयुर्वेदमा प्रमुख औषधिका रुपमा मानिन्छ। बल पुष्टिकारक, ओजवदर्धक र दौर्बल्यनाशक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरुको लागि मात्र नभइ स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। गहुत र गोबर जस्तो गन्ध आउने शिलाजीत, यौन दुर्वलता अर्थात नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन्।
शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ। शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ। यसको उचित प्रयोगले मानव शरीरमा लाग्ने आन्तरिक तथा बाह्य रोग र्निमुल हुने आयुर्वेद चिकित्सकहरु बताउँछन्।
औषधीय गुण भएको शिलाजीतः
यौन दुर्बलता वा यौन क्षमता कमजोर छ भने पनि यसको प्रयोग उपयुक्त मानिन्छ। यसले कुनै पनि साइडइफेक्ट गर्दैन, मधुमेहका बिरामीले शिलाजीतको नियमित सेवन गर्दा धेरै लाभ पुया्उँछ। कुनैपनि पिसाबसम्बन्धी समस्याहरु शिलाजीतको प्रयोगबाट निर्मुल पार्न सकिन्छ, बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोरीमा पनि शिलाजीतको प्रयोग उत्तम मानिन्छ।
कुन अवस्थामा प्रयोग गर्नुहुँदैनः
शिलाजीत सेवान गर्दा रातो खुर्सानी, तातो खान र पेय पदार्थ, मसलेनदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन। पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्तबाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन।