काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले चार दिनको म्याद प्रहरीलाई दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको थियो ।