काठमाडौं । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।बुधबार बिहान ७ बजेर १७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ।यसअघि माघ १० गते सुदुरपश्चिमको बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।