काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरेका हुन्।
सत्ता बाहिर कांग्रेस पानीबिनाको माछा जस्तै छट्पटाएको ओलीले दाबी गरे। उनले कांग्रेसले अहिलेको सत्ता गठबन्धनभित्र खेल्न खोजेर अस्थिरता निम्त्याउने खोजेको आरोप लगाए।