काठमाडौं। चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन्।
निकटम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेलाई हराउँदै ढकाल विजयी भएका हुन्।
ढकालले ३४ हजार १८९ मत ल्याए भने पाण्डेले २६ हजार ६०८ मत पाए। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाए।
योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म प्रतिनिधिसभातर्फ ७ स्थानमा जित हासिल गरेको छ। यसअघि उक्त पार्टीबाट अध्यक्ष रवि लामिछाने, डा. तोसिमा कार्की, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन्।
उक्त पार्टीका उम्मेदवारले सुनसरी–१ मा अग्रता लिइरहेका छन्।