चिकित्सा शिक्षा आयोगमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । इन्टर्नशीपको व्यवस्थापन गर्न माग गर्दै आन्दोलमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच आइतवार झडप भएको हो ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
तर, निर्णय भएको दुई हप्ता हुँदा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको भन्दै चीनबाट एमबीबीएस अध्ययन गरेका २०१५ र १६ औँ ब्याचका विद्यार्थीहरुले आफुहरुका माग पुरा नभएपछि आजदेखि शान्तिपुण तरिकाले आन्दोनमा उत्रेका विद्यार्थीहरुलाई प्रहरी दमन गरेको विद्यार्थीहरुले बताएका छन् ।उनिहरुले आयोगका उपाध्यक्षलाई प्रहरीले संरक्षण गरेको समेत आरोप लगाए ।

आफुहरुका बिभिन्न मागहरुको समाधान गर्न माग गर्दै आयोग पुगेका विद्याथीमाथि प्रहरीले दमन गरि बाहिर निकालेको विद्यार्थीहरुले बताएका हुन् ।

यस अभि उनिहरुले चिकित्सा शिक्षा आयोगको कार्यालयमा तालाबन्दी गरेका थिए ।उनिहरुले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै उपाध्यक्ष श्रीकृष्ण गिरीको राजीनामा समेत माग गरेका छन् ।