गैरआवासीय नेपाली संघको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन्। गैरआवासीय नेपाली संघ जापानको दशौं महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी पौडेल निर्वाचित भएका हुन्।
जुलाई २५ बाट जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास सफल नभएपछि आज विहान १० बजेबाट मतदान सुरु भएको थियो।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो। त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन्। त्यसैगरी निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्।
यसपटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका थिए। अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेका थिए भने सबैभन्दा धेरै उम्मेदवार उपाध्यक्ष र सदस्य पदमा परेको थियो। चार जनाको उपाध्यक्ष पदमा ११ जनाले दावी गरेका थिए भने सात जनाको सदस्य पदमा १८ जनाले उमेदवारी दिएका थिए।