सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले, टेलिफोन, मोबाइल, इन्टनरनेट लगायत अन्य विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले यी सेवाहरूकाे आवश्यक जानकारी तथा प्रयाेगका लागि विभिन्न यूएसएसडी कोड वा शर्टकटकोडहरुको पनि उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि तयार पारिएका ति शर्टकटकोड तथा यूएसएसडी कोडहरू धेरैजसोलाई एकिन जानकारी नहुन पनि सक्छ। जसले गर्दा कम्पनीले उपलब्ध गराउँदै आएका विभिन्न मोबाइल, इन्टनरनेट, तथा एसएमएस सेवाको आवश्यक जानकारी तथा प्रयाेग गर्न पाइरहेका हुँदैनन्।
त्यसकारण आज हामीले नेपाल टेलिकम प्रयोगकर्ताका लागि यी सबैको बारे जानकारी दिन सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं, आउनुहोस जानिराखौं।
डायल गर्ने
- *1415# : डेटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरिद गर्न
- *1415#*55# : बाँकी डेटा र भ्वाइस प्याक थाहा पाउन
- *444# : फोरजी सेवा सक्रिय बनाउन
- *400# : मोबाइलको ब्यालेन्स थाहा पाउन
- *9# : आफ्नो मोबाइल नम्बर थाहा पाउन
- *922# : सिम कसकाे नाममा छ, थाहा पाउन
- **21*98xxxxxxxx*Forwarding Number# : कल फर्वार्ड एक्टिभ गर्न
- ##002# : कल फर्वार्ड क्यान्सिल गर्न
- *43# : कल वेटिङ एक्टिभेट वा क्यान्सिल गर्न
- #331*0000# : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
- #422*Security Code*98xxxx*rs# : प्रिपेड मोबाइलबाट अर्काे नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
- *1455# : कलर रिङ्ग ब्याकटोन राख्न
- *1400# : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
- *1400*1# : MCA एक्टिभेट गर्न
- *1400*2# : MCA डिएक्टिभेट गर्न
- 197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
- 1498 : मोबाइल सेवासम्बन्धि जानकारी लिन
- 198 : ल्याण्डलाइन टेलिफोन मर्मत गर्न
- 1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन
एसएमएस गर्ने
- सेक्युरिटी काेड थाहा पाउन : SCODE टाइप गरी 1415 मा पठाउने
- नमस्ते क्रेडिट एक्टिभेट गर्न : START लेखेर 1477 मा पठाउने
- नमस्ते क्रेडिट डिएक्टिभेट गर्न : STOP लेखेर 1477 मा पठाउने
- कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरिद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
- जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
- जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
- ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01xxxxxx (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
- मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
- प्रिपेड मोबाइलमा एफएनएफ सेवा सुरु गर्नः FNFSUB*98xxxxxxxx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
- एफएनएफ लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98xxxxxxxx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने
सम्बन्धित एप तथा वेबसाइट
पोस्टपेड मोबाइल र ल्याण्डलाइनका लागिः मासिक बिल, बाँकी रकम, अग्रीम रकम लगायतको विवरण हेर्न यो लिङ्क खोल्नुहोस् र लगईन गर्नुहोस्। ल्याण्डलाइनका लागि अकाउण्ट नम्बर (मासिक महशुल भुक्तानी गरेको पुरानो बिलमा लेखिएको हुन्छ) र मोबाइलका लागि पीयूके नम्बर राख्नुहोस्।
टेलिकमका सेवाको जानकारी लिन र खरिद गर्नः टेलिकमको एन्ड्रोइड मोबाइल एप तथा आईओएस मोबाइल एप डाउनलोड गरी रजिस्टर गर्नुहोस्।