नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले नेपाली कांग्रेस र माओवादी केन्द्रमा हलचल मच्चिएको छ। नयाँ सरकार गठनका लागि छलफल भइरहेका बेला ओली र नेपाल निकट हुने अवस्था आएपछि कांग्रेस र माओवादीमा तरङ्ग आएको हो।
यसैबीच माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन्।
नेपाल समूह र ओलीब्ीच सहमति भएमा सरकारको नेतृत्व ओलीले नै गर्ने भएकाले देउवा र प्रचण्ड नयाँ रणनीतिको खोजीमा जुटेका छन्।