कोरोना महामारीविच इन्डियन प्रीमियर लिग (आइपिएल) जारी राख्ने भारतीय क्रिकेट कंट्रोल बोर्डको निर्णय चुनौतीपूर्ण बन्दै गइरहेको छ। सोमबार कोलकाता नाइटराइडर्सका दुई खेलाडी कोरोना संक्रमित भेटिए।
वरुण चक्रवर्ती र संदीप वॉरियरको कोरोना जाँचको रिपोर्ट पोजिटिभ आयो जसका कारण सोमबारको लागि तय भएको रोयल च्यालेन्जर्स बैङ्गलोर र कोलकाताविचको खेल रद्द गर्नुपर्यो।
बायो बबलमा संलग्न कोलकाताका दुई खेलाडीमा कोरोना पोजिटिव भेटिएपछी बिसीसीआइ पनि अहिले चिन्तामा छ। सबै फ्रेञ्चाईजी टिमहरुहरुलाई बिशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।
यहि विचमा दिल्ली क्यापिटल्स टिमका सबै सदस्यहरुलाई क्वारेन्टाइन बस्न भनिएको खबर प्राप्त भएको छ। कोरोनाको मामिला देख परेपछी बिसीसीआइले यस्तो ािणर््य लिएको हो।
एक अंग्रेजी बेवसाइटका अनुसार दिल्ली क्यापिटल्सको तर्फबाट आएको बयानलाई उद्घृत गर्दै लेखिएको छ, – ‘हामीले आफ्नो पछिल्लो खेल कोलकाता नाइटराइडर्सबिरुद्द खेलेका थियौ। यसकारण हामीलाई क्वारेन्टीनमा बस्ने सल्लाह दिइएको छ। हामी सबै आ–आफ्नो कोठामा आइसोलेट भएर बसेका छौ।’