झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो। दुर्घटनामा अरु ४ जना घाइते भएका छन्।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको माइधारमा सडक दुर्घटना भएको हो। मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका–१ का ३३ वर्षीय दिलीप राना मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
बुधबार अपराह्न करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को४क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो। त्यसपछि सो ट्रकले प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरू कारमा सवार रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ४ जना घाइते भएका छन्। घाइतेमध्ये सुनसरीकाे धरान उपमहानगरपालिका–१६ का दिलीप क्षेत्रीको पनि उपचारका क्रममा बि एन्ड सी अस्पतालमा मृत्यु भएको हो।