बोलीवचन भो मलिनो जाने बेलामा
देखाइदियौ आशा झिनो जाने बेलामा
किन बात लाउँछौ प्रिय आज ममाथि
पेटमा छोडिगयौ चिनो जाने बेलामा।
०००
अहिले खबर ठीकै छन् केही बोल्दिनँ
मेरा दुस्मन निकै छन् केही बोल्दिनँ
हचुवामा आज मलाई आरोप लाउनेहरू
टाढा होइन नजिकै छन् केही बोल्दिनँ ।
०००
लागेको छ खुबै डर नपठाउनुहोला
कति पनि छैन भर नपठाउनुहोला
मार्छु काट्छु मात्रै भन्छ सधैंभरि लोग्ने
बिन्ती बाबा मलाई घर नपठाउनु होला।
–कुलेश्वर–१४, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
![](https://www.nepalipublic.com/uploads/editor/Banner-muktak-nepalipublic.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/Gajal-Maa-Shramik-Gajal-Bisesh-Banner.jpg)